Follow Us:
Call Us: +977 9849626129

Introduction

Karbakeli Eco Trek

Karbakeli eco trek map
Karbakeli Eco Trek Map

Phulbari from Poonhill, the new foot trail connecting Karbakeli Than with Beni Bazaar, the headquarters of Myagdi- Karbakeli Eco Trek. The Karabakeli Conservation Committee located at Kaphaldanda- Annapurna Rural Municipality-8 in Myagdi district, in collaboration with Concept Nepal in Kathmandu, explored the trail on Baisakh 075.

From this foot trail, one can see from Gurja Himal through Dhaulagiri to Annapurna Massif. Also, the foot trail traces the aroma of biodiversity, the art and culture of the Pun community. One can enjoy the indigenous style of living  while traveling through the Karbakeli area.

The feeling of spirituality awakens in mind when you explore the abode of ‘Karbakeli Baba’, the ancestral god of the Puns, and the land associated with his life journey. The Karbakeli foot trail is suitable for children to the old. There are hotels all around the trail.

The locals have founded Karbakeli Tourism Management Committee to develop and promote the foot trail.

Traveling from Pokhara to Birethanti in jeep in order to reach Karbakeli. First night stay is after 5 hours walk from Birethanti to the elevation of Ulleri. On the second day a 4 hour trek from Ulleri to Ghodepani Bazaar. On the third day, climbing Poon Hill to reach Phulbari for lunch. And, about 4 hours from Phulbari one can reach Karbakeli Than and stay overnight. It is also suitable to spend the night in Phulbari.

There are 4 ways of reaching Beni from Karbakeli Than. First trailing downhill from there to Baiseri, from Baiseri to Beni by bus. Second from Mahabhir to Banskharka via Mallaj to Beni on foot. Third trekking from Karbakeli to Rima via Aulo Gaun to reach Baiseri. Fourth from Karbakeli via Nagi to reach Phalamedanda of Parbat. Staying overnight in Phalamedanda and coming down to Beni Bazaar in the morning.

Motorway is connected till Karbakeli Than. However, the motorway does not have much effect on the foot trail.

करबाकेली इको ट्रेक

Karbakeli eco trek map

पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै म्याग्दी सदरमुकाम बेनी बजारलाई जोड्ने नयाँ पदमार्ग–करबाकेली इको ट्रेक । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेली संरक्षण समितिले काठमाडौंस्थित  कन्सेप्ट नेपालसँगको सहकार्यमा ०७५ वैशाखमा यो पदमार्ग एक्सप्लोर गरेको हो ।

यो पदमार्गबाट गुर्जा हिमालदेखि धौलागिरि हुँदै अन्नपूर्ण हिम सृङ्खलासम्म दर्शन गर्न सकिन्छ । साथै जैविक विविधता, पुन समुदायको कला र संस्कृतिको सुवास पाइन्छ । करबाकेली क्षेत्रमा ग्रामीण जीवनशैलीमा रमाउँदै यात्रा गर्न सकिन्छ ।

पुनहरुका कुल देवता करबाकेली बाबाको थान र उनको जीवन यात्रासँग जोडिएको भूमीमा डुल्दा मनमा आध्यात्मिक भावना जाग्छ । बालकदेखि पाकासम्मका लागि 

करबाकेली पदमार्ग उपयुक्त छ । पदमार्गका सबैतिर होटल छन् । 

पदमार्ग विकास एवं प्रवद्र्धन गर्न स्थानीयले करबाकेली पर्यटन व्यवस्थापन समिति गठन गरेका छन् । 

करबाकेली यात्रा गर्दा पोखराबाट वीरेठाँटीसम्म जीपमा । वीरेठाँटीबाट उल्लेरीको उकालोसम्म ५ घन्टा हिँडेर पहिलो बास बस्ने । दोस्रो दिन उल्लेरीबाट ४ घन्टा पदयात्रामा घोडेपानी बजार । तेस्रो दिन पुनहिल चढेर लन्च खान फूलबारी पुग्ने । र, फूलबारीबाट करिब ४ घन्टामा करबाकेली थान पुगेर बास बस्न सकिन्छ । फूलबारीमै पनि रात विताउन उपयुक्त हुन्छ । 

करबाकेली थानबाट बेनी निस्कने ४ विकल्प छन् । पहिलो त्यहाँबाट बैसेरी झर्ने, बैसेरीबाट बेनीसम्म गाडीमा । दोस्रो महभीर भएर बाँसखर्क, मल्लाज हुँदै बेनीसम्म पदयात्रा । तेस्रो करबाकेलीबाट रिमा हुँदै औल गाउँ भएर बैसेरीसम्म पदयात्रा । चौंथो करबाकेलीबाट नागी हुँदै पर्वतको फलामे डाँडा पुग्ने । फलामे डाँडामा बसेर बिहान बेनी बजार झर्ने ।

करबाकेली थानसम्म मोटर बाटो जोडिएको छ । तर, यो पदमार्गलाई मोटर बाटोले खासै असर पार्दैन । 

प्राकृतिक सौन्दर्य, पुन संस्कृती र आत्मीय सत्कार नै करबाकेली इको टे«कका विशेषता हुन् ।

Share This Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *