Follow Us:
Call Us: +977 9849626129

सम्पुर्ण देश विदेश मा रहनु हुने पुन दाजु भाइ तथा दीदी बहीनी हरू साथै सुबेच्छुक हरु ।

म्याग्दी जिल्ला अन्नपुर्ण गाउपालिका वडा न.-८ काफलडाँडामा २०६९ साल मंसीर देखी लगतार बर्ष काे दुई पटक जेष्ठ उजेली पहिलो मंगलबार र मंसीर उजेली पहिलो मंगलबार पारेर पुन समुदाय को राष्ट्रिय स्तर को करबाकेली बाबा को थान मा करबाकेली बाबा को दर्सन , जेठा रामचन र कान्छा कुलचन को पुजा भै रहेको यहाँ हरु लगायत सबैलाई सर्बभिदितै छ । गत वर्ष कोभिड १९ को कारण स्थगित हुन गएको उक्त पुजा आगामी मिति २०७८ /०८/०७ गते मंगलबार को दिन मा हुने सबै मा जानकारी गराउदछौ । साथै आ आफ्नो भाकल फुकाउन तथा दर्सन गर्न र पर्साद(हेपाजी) ग्रहण गर्न सबै कराबाकेली बाबा प्रति आस्था भएका सम्पूर्ण मा हार्दिक निमन्त्रणा गर्दछौ ।

यस कराबाकेली बाबा को थान परिसर मा पुन समुदाय संग्रहालय निर्माण भएको छ । यस मा आफ्नोपन को इतिहास पाउन सकिन्छ। यस संग्रहालय को भौतिक निर्माण कार्य सम्पन्न भै सकेको र केहि काम बाँकी रहेको तर कोरोना को कारण उद्धघाटन हुन नसकेको ले पुन समुदाय संग्रहालय उद्धघाटन कार्यक्रम पछी उपयुक्त समय मिलाएर गर्ने गरि । पुजा को दिन देखि यहाँ हरु को लागी संग्रहालय प्रवेश, को लागि टिकेट खुल्ला गरिने भएको छ ।

Share This Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *