Introduction
Karbakeli Baba
Karbakeli Baba is the ancestral god of the Pun community, especially those living in western Nepal. The national-level Than(abode) for the Baba has been constructed on the Ramchan– Kulchan Danda (2,332 meter) of Annapurna Rural Municipality-8, Kaphaldanda, Myagdi district. Inside the Than, there are life sized statues of Karbakeli Baba, his two wives Himla and Fimla and sons Ramchan and Kulchan.
Statues have been installed inside a rural-styled building. Under the initiative of Karbakeli Research Committee Kathmandu and joint effort with Karbakeli Baba Conservation Committee Kaphaldanda, the Than was constructed.
A guest house lies in the premises of the Than. The Pun Museum has been constructed nearby. Dhaulagiri mountain stands right in front of the eye from Than. There is a 45 km road which connects Beni Bazar through Rima-Kaphaldanda to Karbakeli Than . Jeeps can be used while travelling. Or Beni-Baiseri 9 km can be travelled by bus. Karbakeli Than is a 4 hour uphill trek from Baiseri.
करबाकेली थान
कराबाकेली बाबा
कराबाकेली बाबा पुन समुदायको कुल देवता हुन् । उनि पुन समुदायको सृष्टिकर्ता हुन् । कराबाकेली बाबा अष्टशिद्धि प्राप्त गरेका तन्त्र मन्त्र जानेका र धनुष विधामा कुशल थिए । उनले भनेका र गरेका कुराहरु सवै सत्य हुन्थे । अरुलाई जिवन उपयोगी प्रेरक कुरा दिइ जिवन यापन सहजका लागि प्रेरणा दिने महान गुरु वा झाँक्री हुन् करबाकेली बाबा। कराबाकेली बाबा आस्था र विश्वासका देवता पनि हुन् । कराबाकेली बाबाका श्रीमतिहरु जेठी हिमला (ह्रैमासिनी) र कान्छी फिमला थिए । कराबाकेली बाबाका जेठी श्रीमती बाट नौ भाइ छोराहरु थिए । ति नौ भाइ छोराहरुलाई करबाकेली बाबाले आ-आफ्नो ठाउँको सेवाका लागि विभिन्न नाम मा काम खटाएका थिए । आफ्नो श्रीमती हिमलाको मृत्यु पछी मात्र कान्छी श्रीमती फिमलालाई विवाह गरेका हुन् । कराबाकेली बाबा आफ्नो श्रीमती को मृत्यु पश्चात उनले धेरै संघर्ष गरेका थिए । उनले समपुर्ण दुख कष्ट र संघर्ष लाइ जितेर मानव समुदायमा एक प्रेरक बनेका हुन् । उनी अन्नपुर्ण गा. पा. -८ काफल डाँडामा आइ बसेका थिए । सम्पूर्ण पुन समुदाय कराबाकेली बाबालाइ आफ्नो कुल वा पुर्खा मानि जेष्ठ पुर्णिमा वा उजेली पहिलो मंगलबार र मंसिर उजेली पहिलो मंगलबार पारेर पुजा गर्दछन ।